स्यानिटरी प्याड वितरण कार्यक्रम सम्बन्धी सूचना

August 06, 2026 Event admin

स्यानिटरी प्याड वितरण कार्यक्रम सम्बन्धी सूचना

यस श्री विश्वामित्र गणेश माध्यमिक विद्यालयमा आज मिति २०८३/०४/२१ गते अध्ययनरत छात्रा विद्यार्थीहरूका लागि स्यानिटरी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ।

महालक्ष्मी नगरपालिकाका उप-प्रमुख श्रीमती लक्ष्मी महर्जनज्यूको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गरियो। महिनावारी स्वच्छता (MHM) र व्यक्तिगत सरसफाइ प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा विद्यालय प्रशासन, शिक्षिकाहरू तथा विद्यालय नर्सको उपस्थिति रहेको थियो।

छात्राहरूको स्वास्थ्य र सरसफाइमा विशेष योगदान पुर्‍याउनुहुने उप-प्रमुखज्यू तथा महालक्ष्मी नगरपालिकाप्रति विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

प्रशासकीय प्रमुख / प्रधानाध्यापक

श्री विश्वामित्र गणेश माध्यमिक विद्यालय


Published 5 days, 3 hours ago